play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

चिकित्सक माथि हातपात भएको घटनाको विरोधमा चितवनका स्वास्थ्यकर्मी (फोटो फिचर)

0

सिनर्जी डेक्स ,भरतपुर
जेष्ठ २१ गते
चितवनका स्वास्थ्यकर्मीले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकमाथि हातपात भएको घटनाको विरोध गरेका छन् । जुनियर डाक्टर कम्युनिटी, नेपाल मेडिकल एसोसिएसन र नेश्नल मेडिकल स्टुडेन्ट एसोसिएसनको नेतृत्वमा आज (बुधवार ) दिउँसो तिस मिनेट चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेजको र चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज) को परिसरमा छुटाछुटै रुपमा विरोध कार्यक्रम गरिएको थियो ।
चितवनमा कार्यरत चिकित्सक , स्वास्थ्यकर्मी, मेडिकल बिद्यार्थीको उपस्थिती रहेको विरोध कार्यक्रममा उनीहरुले हामी ढुक्क संग सेवा दिनेकी डराउने, डाक्टर माथिको आक्रमण बन्द गर , हातपात भएको घटनाका दोसीलाई काबार्ही गर जस्ता नारा लेखिएको पम्प्लेट बोका थिए । घट्नाको विरोध गर्दै चितवनका चिकित्सकहरुले हातमा कालो पट्टि बाधेर स्वास्थ्य सेवा दिने समेत बताएका छन् । गत १४ जेठमा एनएमसीमा उपचाररत ६४ वर्षीया महिलाको मृत्यु भएपछि मृतककी छोरीले उपचारमा संलग्न एक चिकित्सकलाई उपचारमा लापरबाही गरेको आरोप लगाउँदै हातपात गरेकी थिइन् ।

नेश्नल मेडिकल स्टुडेन्ट एसोसिएसन चितवनका अध्यक्ष आविष्कार चापागाईका अनुसार – कोभिड–१९ को महामारी फैलिरहेको वेला अग्रपंक्तिमा रहेर निरन्तर खटिरहेका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गर्नेलाई काबाहीको माग गर्दै बिरोध स्वरुप यस्तो कार्यक्रम गरिएको बताए । चितवनका स्वास्थ्य कर्मीहरुले चिकित्सकलाई हातपात गर्नेलाई कानुनअनुसार कारबाही नभएसम्म अस्पतालको सेवा प्रवाहमा नहुने गरी सांकेतिक रूपमा विरोधका कार्यक्रम निरन्तर गरिने बताएका छन् ।

यस अघि उनीहरुले मङ्गलवार चितवनका स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

बिरोधका कार्यक्रम तस्विरमा 

 

 

 

 

Share.

Leave A Reply