play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

नेपाल मेडिकल कलेजको घट्नाको चितवनमा समेत बिरोध

0
चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै

चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै

सिनर्जी डेक्स , जेठ २० गते । 

 चिकित्सकहरूको सुरक्षाको प्रत्याभूति संगै उनीहरुको मनोबल उच्च राख्न माग गर्दै चितवनका चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटी मा कार्यरत चिकित्सकलाई हातपात गरेको विरोध गर्दै चितवन जिल्लाका स्वास्थ्यकर्मीको समेत सुरुक्षाको माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ ज्ञापनपत्र बुझाएका हुन । जेठ १४ गते ६४ वर्षीया महिलाको नेपाल मेडिकल कलेज जोरपाटी मा उपचारको क्रममा मृत्यु भए पछि मृतको छोरीले उपचारमा संगलन एक चिकित्सक माथि हातपात गरेकी थिन् । उपचारमा संलग्न चिकित्सकले लापबाही गरेको उनको आरोप थियो ।

 जूनियर डाक्टर कम्युनिटीको तर्फ बाट डा. निर्देश पोख्रेल र रुबिन श्रेष्ठ, नेपाल मेडिकल एशोसेशनको तर्फ बाट डा सुजन न्यौपाने र नेपाल मेडिकल स्टुडेन्ट एशोसिएशन चितवनका अध्यक्ष अविष्कार चापागाईँले हस्ताक्ष गरेको विज्ञप्तीमा नेपाल मेडिकल कलेजको घटना को निन्दा र भ्रतसना गरिएको छ । डिउटीमा रहेको चिकित्सकमाथि हातपात गर्ने कानुन अनुसार कार्भाही गर्न माग गरिएको छ । कोभिड–१९ को महामारीको विद्यमान अवस्थामा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर निरन्तर सेवामा खटिरहेकालाई यस घट्नाले भौतिक तथा मानसिक मनोबल गिराउने काम गरेको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ । चितवनका चिकित्सकहरुले यस घटनाको निन्दा गर्दै अस्पताल को सेवा प्रवाहमा कुनै असर नपर्ने गरी सांकेतिक रुपमा नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुको संघर्ष को कार्यक्रमलाई समर्थन गर्दै जिल्लामा समेत कार्यक्रम गर्ने बताएका छन् ।

 यसै विषयमालाई लिएर यस अघि नेपाल चिकित्सक संघले सरकारको ध्यानकार्षणसमेत गराएको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै अस्पतालमा कार्यरत चिकित्सकमाथी भएको शारीरिक हमला गर्ने दोषीलाई तत्काल हिरासदमा लिई छानबिन गर्न माग समेत राखेको थियो ।

विज्ञप्ती

विज्ञप्ती

 

Share.

Leave A Reply