play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह

0

असार ९
नारायणगढ सडकमा पहिरोको जोखिम र गाडीको चाप बढेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले झरी पर्न थालेसँगै सडकमा जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नु भएको हो । मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुलीको बाटो प्रयोग गर्न सक्ने छन् । यस्तै पश्चिम ओहोरदोहोर गर्ने गाडीले पोखरा, पाल्पा हुँदै बुटवल निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने छन् । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।

Share.

Leave A Reply