play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो / चार जना प्रहरी वेपत्ता ।।

0

०९ असार, मुग्लिङ नारायणगढ सडक खण्डको चितवनको इच्छाकामना गाउँपालिकाको कालीखोलामा पहिरोले बगाउँदा चारजना प्रहरी वेपत्ता भएका छन् ।
चारकिलोमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ वेपत्ता भएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।
पहिरोले ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको छ ।

Share.

Leave A Reply