play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मतः प्रमुख निर्वाचन आयुक्त

0

असार ८, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको दावी गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको प्रष्टिकरण पनि दिए । प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना गर्ने, स्थगित गर्ने वा बदर गर्ने भन्ने निर्णय कानुनमै उल्लेख गरिएकाले सोही अनुसारको निर्णय लिन आफूहरु समक्ष रहेको दावी समेत गरे । उनले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने पनि उल्लेख गरे ।विहिबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख निर्वाचन आयुक्त यादवले भरतपुर महानगरपालिकाको मतगणनाको विषय अदालतमा विचाराधिन रहेकाले त्यसमा धेरै टिप्पणी गरिरहन नहुने धारणा पनि राखे ।प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।

Share.

Leave A Reply