play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

0

जेठ १५, नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे डा देवकोटाका अनुसार ललितपुर महानगरपालिका बुङग्मतीका २२ का ६५ वर्षीया पुरुषको मृत्यु भएको हे । उनी जेठ ११ गते ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए ।
उनको कलेजको सम्बन्धी रोग भएको र आइसियुमा उपचार भएको प्रवक्ता डा देवकोटाले बताए । उनको जेठ १२ गते कोरोना परीक्षणको लागि नमूना संकलनगरी कोरोना परीक्षण गरिएको थियो । उनको हिजो (बुधबार) मृत्यु भएको डाक्टर देवकोटाले बताए ।

Share.

Leave A Reply