play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रुकुम चौरजहारी घटना : मृतकको संख्या पाँच पुग्यो: अझै एक जना बेपत्ता

0

जेठ १५, रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये आज थप एक जनाको शव भेटिएको छ ।भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।भेरी नदी किनारमा तैरिरहेको अवस्थामा आज स्थानीयले शव देखेपछि स्थानीयले खबर गरेका थिए ।यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो ।अझै एक जना भने बेपत्ता छन् ।

Share.

Leave A Reply