play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

दुर्घटना भएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

0

जेष्ठ १५ चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा ट्रक र टेलर दुर्घटना भएपछि सडक नै अवरूद्ध भएको छ ।

आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङका लागि छुटेको ना ५ ख ९१२२ नम्बरको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एकापसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

दुर्घटना घाइते भएका एक चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

दुर्घटनापछि ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।

Share.

Leave A Reply