play_circle_outline On Air

गितसंगीत

play_circle_outline On Air

गितसंगीत

एक अन्तरवार्ताका कारण एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा:छानबिन गर्न सांसदको माग

0

जेठ १४, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाईनमा दिएको भिडियो संवादलाई लिएर एन्फा अध्यक्ष शेर्पा विवादमा तानिएका हुन् ।मधेशको सञ्चालन गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुन सघाउ पुर्याउने आशयको भनाई शेर्पाले अनलाईन भिडियोमा अभिब्यक्त गरेका थिए ।संघीय संसदको आजको बैठकमा राष्ट्रिय समाजवादी पाटीका सांसदले एन्फा अध्यक्ष शेर्पाको भनाईलाई लिएर आपत्ती जनाए । उनले एन्फा अध्यक्षको भनाईको अनुसन्धान गर्दै आवश्यक कारबाहीको माग गरेका छन् ।


तर एन्फा अध्यक्ष शेर्पाले बिषयलाई तोडमोड गरेर अतिरञ्जित गरिएको प्रतिक्रिया दिएका छन् ।भनाई तोडमोड गरेर षडयन्त्रको गरिएको बताउदै उनले यसको छानबिन हुने बताए ।उनले घटनाको कानुनी रुपमा जवाफ दिईने बताए अध्यक्ष शेर्पाले आफ्नो पुरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।उनले मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफुले राष्ट्रियताको भावना बलियो बनाउन निरन्तर लागिरहेको उल्लेख गरे ।

Share.

Leave A Reply