‘समर्थक बिना उपाधि उचाल्नु अनौठो’

0

जेठ १४, एजेन्सी । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले समर्थक बिना प्रिमियर लिगको उपाधि उचाल्नु अनौठो हुने बताएका छन् ।

बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण गत मार्चबाट लिग स्थगित भएको छ ।

प्रिमियर लिगले यस सिजनको बाँकी खेल जुनबाट सुचारु गर्ने तयारी गरेको छ । यस्तै सम्पूर्ण खेलहरु दर्शक बिना बन्द रंगशालामा खेलाईने छ ।

‘अवश्य पनि फरक हुनेछ किनकि यदि तपाईले कुनै ट्रफी जित्नु भयो र कुनै प्रशंसक बिना यसलाई प्राप्त गर्नु भयो भने अनौंठो हुनेछ,’ हेण्डरसनले भने ।

यस सिजन उपाधि जित्नका लागि लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ । प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

Share.

Leave A Reply