play_circle_outline On Air

गितसंगीत

play_circle_outline On Air

गितसंगीत

भरतपुर महानगरपालिकालाई एनआरएनए द्धारा मेडिकल सामाग्री सहयोग

0

जेठ ११ , चितवन  ।  भरतपुर महानगरपालिकालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट मेडिकल सामाग्री सहयोग गरिएको छ ।

एनआरएनएका केन्द्रिय सचिव गौरी जोशी ( अमेरिका),अर्का सचिव आर.के शर्मा (कतार) र सहकोषाध्यक्ष लोक दाहाल (बेल्जियम) ले सो मेडिकल सामाग्री सहयोग गरेका हुन् । एनआरएनएका प्रतिनिधिले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई आज (आइतबार) सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

पिपिई सेट एक सय, पाँच सय एन ९५ माक्स र लेजर गन लगाएतका स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको प्रमुख दाहालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा मार्फत सबै वडामा पु¥याइने उहाँले बताउनुभयो ।

जिल्लामा नै मेडिकल सामाग्रीहरु अभाव रहेको अवस्थामा एनआरएनए मार्फत सहयोग प्राप्त भएको भन्दै प्रमुख दाहालले धन्यबाद ज्ञापन गर्नुभयो ।

Share.

Leave A Reply