play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कोरोना भाइरसका कारण विश्वभर ५४ लाख संक्रमित, ३ लाख ४३ हजारको मृत्यु

0

जेठ ११, कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ ।विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएका छन् ।बितेको २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ ।


२८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको अवस्था गम्भीर छ ।आइतबार बिहान साढे ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ ।१८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

Share.

Leave A Reply