play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्को अनुमान

0

जेठ ११, आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै ठाउँको मौसम सफा हुने देखिएको छ ।मौसम खुलेसँगै देशभरी कै तापक्रम बढ्ने उहाँले बताउनुभयो । यस्तै अब पश्चिममा वबस्तारै तातो हावा चल्न थाल्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव छ ।

Share.

Leave A Reply