play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

यसबर्ष कर्मचारीको तलब नबढ्ने, महंगी भत्तालगायत अन्य सुविधा बढाउन माग

0

जेठ ११, कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएकाले यसबर्ष सरकारी कर्मचारीको तलब बृद्धि लगभग नहुने भएको छ ।हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान अनुरुप गत वर्षको बजेटमा तलब बृद्धि गरिएकाले यसबर्ष त्यस्तो संभावना नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ तर यता कर्मचारी संगठनहरुले तलब नबढेपछि महंगी भत्ता लगायत अन्य सुविधा बढाउन माग गरेका छन् ।


साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ८० दिनको घर बिदा सञ्चित बराबरको तलब दिने प्रावधान छ ।त्यस्तै महंगी भत्ता बढाउनुपर्ने तथा आन्तरिक पर्यटक प्रबद्र्धनका लागि एक महिनाको तलब बराबरको रकम दिनुपर्ने उनीहरुको माग गरेका छन् ।

Share.

Leave A Reply