play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

कोरोनाले विश्वभर ११७ नेपालीको मृत्यु,बेलायतमा मात्रै ६५ को ज्यान गयो

0

जेठ ११, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको छ ।एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै शनिबार बेलुकासम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो । तथ्यांकअनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।


एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

Share.

Leave A Reply