play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवनमा रुखबाट लडेर एकको मृत्यु

0

जेठ १०, सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए ।रुखबाट लडेर घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply