play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक जारि

0

जेठ १०, अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) का बारेमा छलफल गर्न भन्दै नेकपा सचिवालय बैठक अहिले बसिरहेको छ ।अहिले बसिरहेको सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता भीम रावललाई समेत बैठकमा बोलाइएको छ ।नेकपाका अनुसार एमसीसी, सरकारले जेठ १५ गते ल्याउने बजेटका बारेमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सचिवालयका नेताहरुलाई वालुवाटारमा बोलाइएको छ ।नेकपाले एमसीसीका बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलमा सदस्य रहेका मन्त्री ज्ञवाली र नेता रावललाई सचिवालय बैठकमै बोलाएर छलफल गर्न लागिएको हो ।

Share.

Leave A Reply