play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ट्रम्पले खाइरहेको मलेरियाको औषधिले मृत्यु निम्त्याउन सक्ने चेतावनी

0

जेठ १०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न खाइरहेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरोक्विन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो ।चिकित्सकले उक्त औषधि नखान चेतावनी दिएपनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरोक्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले औषधि खाइरहेको खुलासा गरेका थिए ।
स्वास्थ्य विज्ञको सुझाव विपरित उहांले यो औषधिको प्रयोगमा जोड दिंदै आएका छन् ।उनीहरुका अनुसार हाइड्रोक्सी क्लोरोक्विन मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ ।तर कोरोना संक्रमितका लागि यो औषधिले फाइदा पुर्‍याउने कुनै अनुसन्धानले देखाएको छैन ।लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना संक्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ ।

Share.

Leave A Reply