play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

के हामि माडीबासि हैनौ र मेयर साब?तपाइँको आखाले टाढाको देख्नुभो नजिकै हामि छट्पटीएको देख्नु भएन है

0

सिनर्जी डेक्स
जेठ १०, माडी नगरपालिकाले कपिलवस्तुको कृष्णनगर र भैरहवाको सुनौली नाकामा अलपत्र परेका आफ्ना नागरिकको आज उद्धार गरेपछि ठोरी नाकामा अलपत्र परेका माडीबासि आक्रोशित भएका छन् । आफुहरुको उद्दार होला भन्ने आसमा बसेका माडीबासीको उद्दार गर्न ढिलाई भैरहेको छ ।एक हप्ता अघिबाट ठोरीनाकाबाट ६ किलोमिटर पर भारतको धमौरा बजारमा रहेको क्वारेन्टाइन सेन्टरमा राखिएका नेपालीहरुको अवस्था थप नाजुक बन्दै गएको छ ।२४ जना नेपालिहरु पाँच दिन लगाएर गत आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए ।तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको थियो ।

क्वारेन्टाइनमा सामाजिक दुरी कायम गर्नसक्ने अवस्था नरहेको बताउदै सो टोलिका ९ जना यसअघि भागेर माडी आइपुगेका छन् भने अझै १५ जना सोहि ठाउमा बस्न बाध्य छन् ।नेपालीबाहेक अन्य भारतीयहरु समेत ठूलो संख्यामा एकैठाउँमा राखिँदा कोरोनाको संक्रमणको जोखिम झनै बढेको बताउदै सो टोलिका एकजना युवाले एउटै कोठामा धेरैजना बस्नुपर्दा आफुहरु झन् समस्यामा परेको दुखेसो गरे । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले टाढा रहेका माडीबासीको समस्या देखेर उद्दार गर्नुभएको तर आफुहरुको समस्या देख्न नसक्नु भएकोमा उनीहरुले चिन्ता ब्यक्त गरे । बस्न र सुत्न सहज नरहेको, लामुखुट्टे र अन्य कीराको टोकाई समेत सहनुपरेको र खानपानको व्यवस्था उचित नरहेको बताउदै ति युवाले जति सक्दो चाडो उद्दार गरिदिन पुन नगरपालिकासंग आग्रह गरेका छन् ।

Share.

Leave A Reply