play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

चीनले ६ प्रतिशतले बढायो रक्षा बजेट

0

जेष्ठ १० , काठमाडौं । कोरोना भाइरसले अर्थतन्त्र संकट परेको बताइरहँदा चीनले रक्षा बजेट बढाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सन् २०२० मा चीनले आफ्नो रक्षा बजेट सन् २०१९ को तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएको हो ।

राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन अर्थात १७८ अर्ब डलर छुट्याइएको छ ।

कोरोना भाइरसको उद्भवलाई लिएर अमेरिकाले लगातार चीनमाथि आरोप लगाइरहँदा सम्भावित टकरावको स्थिती समाना गर्न चीनले सैन्य क्षमता बढाउन रक्षा बजेट बढाएको हुन सक्ने आकलन हुन थालेका छन् ।

कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेको र यसले सैन्य टकरावको रुप लिन सक्ने भन्दै चीनको रक्षा मन्त्रालयले एक रिपोर्टमा चेतावनी दिएको विषय रोयटर्सले सार्वजनिक गरिसकेको छ ।

Share.

Leave A Reply