play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

कोरोना संक्रमित महिलालाई आइसियुमा सारियो

0

जेष्ठ १० , काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत कोरोना संक्रमति महिलालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा सारिएको छ ।

टिचिङका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार ती महिलालाई हिजो राति टिचिङमा सारिएको हो ।

ती महिलाको अहिले टिचिङ अस्पतालको आइसोलेसन बनाइएको भवनमा रहेको आइसियुमा राखिएको डा. दासले बताए ।

‘उहाँको अहिले टिचिङको आइसोलेसन भवनको आइसियु वार्डमा राखेर उपचार गरिएको छ,’ डा. दासले भने, ‘उहाँमा संक्रमण भएको भनेर हिजो राति हामीलाई जानकारी आएपछि कोरोना संक्रमतिकै लागि बनाइएको आइसियुमा ल्याइएको हो ।’

डा. दासका अनुसार टिचिङ अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखेर उपचार गरिएको हो । उनलाई आइसियुमा मुटुरोग विशेषज्ञको निगरानीमा उपचार गरिएको डा. दासको भनाइ छ।

ती महिलाको जेठ ९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरको हेटौंडा ३ ती ५४ वर्षीया ती महिला मुटुका बिरामी हुन् ।

कोरोना संक्रमण पुष्टि हुँदा उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत थिइन् ।

Share.

Leave A Reply