play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

गीतानगरको केशरबागका एकै परिवारका तीन जनामा कोरोना पुष्टि

0

जेठ १०, चितवनमा आज थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।ती संक्रमित पुरुष हिजो पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए । पहिलोपटक परीक्षण गर्दा श्रीमान् र श्रीमतीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसक्रममा छोरामा संक्रमण देखिएको थिएन ।
तर पुनः स्वाबको परीक्षण गर्दा आज छोरामा पनि कोरोना पोजिटिभ देखिएको अस्पतालका अध्यक्ष डा.अधिकारीले बताए । योसंगै चितवनमा संक्रमितको संख्या ६ पुगेको छ । संक्रमण पुष्टि भएसंगै केशरबाग क्षेत्रमा प्रशासनले सील गरेको छ । त्यहाँ नै हिडडुलमा रोक लगाएको छ ।हाल चितवनका चार जना उपचाररत छन् ।

Share.

Leave A Reply