play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

पाकिस्तानको विमान दुर्घटनामा परेका सवै १०७ जनाको मृत्यु

0

जेठ ०९, पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेकाहरुको मृत्यु भएको समाचारको स्थानीय मेयरले पुष्टि गर्नुभएको छ ।मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिनुभएको छ । क्षती भएको घरमा कोही मानिस थियो की थिएन वा उनीहरुको मृत्यु भयो की भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिर दुःख व्यक्त गर्नुभएको छ ।


दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्ति गर्दै उहाँले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिनुभएको छ । पाकिस्तानको राज्यद्धारा संचालित पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।देशको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराची तर्फ आइरहेको थियो । विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुग्नु अगाडी नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Share.

Leave A Reply