play_circle_outline On Air

पपलहर

play_circle_outline On Air

पपलहर

भूमि रक्षाका लागि नेपाल आक्रामक भएपछि भारतका नेताहरु वार्ता गर्न आग्रह गर्दै

0

जेठ ०९, नेपाल भारत सीमा विवाद समाधानका लागि वार्तामा आउन पटक–पटक गरिएको आग्रह लत्याएको भारत अब वार्ताका लागि तयार रहेको त्यहाँका राजनीतिज्ञहरु बताउन थालेका छन् ।कालापानी लिपुलेक र लिम्पियाधुरासहितका भूभागमा देखिएको विवाद वार्ता र संवादबाट समाधान गर्न नेपालले गरेको आग्रह भारतले वर्षाैँदेखि नकार्दै आएको थियो । तर जब नेपाल सरकारले भारतद्वारा अतिक्रमित ति भूभागहरु समेटेर नेपालको नयाँ नक्सा जारी ग¥यो तब भारतीय राजनीतिज्ञहरुले पनि वार्ताका लागि आग्रह गरिरहेका छन् ।भारतको सत्तारढ दल भारतीय जनता पार्टीका एक प्रभावशाली नेना विजय जोलीले वार्ता र संवादबाटै मात्रै सीमा विवादको समाधानको विन्दुमा पुग्न सकिने बताउनुभयो । जोलीले भारतले आफ्नो सुरक्षाका लागि कालापानीमा सेना राखेको बताउँदै यसमा कुनै समस्या भए वार्ताबाट मात्रै समाधान खोज्न सकिने बताउनुभयो । तर लिपुलेक कालापानी र लिम्पियाधुरासहितका क्षेत्र नेपालले आफ्नो नक्सामा समेट्नु कृतिम दाबी मात्रै रहेको भाजपाका नेता जोलीको जिकिर छ ।


भारतले नेपाललाई जहिले पनि आफू समान हैसियत प्रदान गरेको नेता जोलीले बताउनुभयो । उहाँले नेपाल भारत सम्बन्धलाई मजबुत बनाउन भारत कालापानीको कुनै एक भूभागका लागि लडाई गर्ने पक्षमा नरहेको बताउनुभयो । कालापानी विवादको प्रसंगमा नेता जोलीले उहाँकै शब्दमा हामी एक लिपुलेक त के सयौँ लिपुलेक नेपाललाई दिन सक्ने बताउनुभयो ।
जोलीले सीमा विवाद समाधानका लागि भारत नेपालसँग वार्तामा बस्न तयार रहेको पटक–पटक दोहो¥याउनुभएको थियो । तर अहिले नेपालमा भइरहेको भारत विरोधी गतिविधिमा चीनको इसारामा भइरहेको उहाँको आरोप थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल कुनै विदेशी मुलुकको इशारामा नाच्ने हैसियतमा अहिले नरहेको प्रष्ट पार्नुभयो । नेपालको संविधान अनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै भट्टराईले मिथ्या आरोप लगाउनु खेदजनक विषय रहेको बताउनुभयो ।
डा. भट्टराईले अहिले पनि सीमा विवादबारे वार्ता र संवादकै बाटोबाट अघि बढ्न नेपाल तयार रहेको बताउनुभयो । उहाँले त्यसका लागि भारतसँग अनौपचारिक रुपमा कुराकानीहरु भइरहेको जानकारी दिनुभयो ।
यस्तै प्रमुख विपक्षी दलका नेता नारायण खड्काले पनि वार्ताबाटै विवाद समाधान गरिनु उत्तम हुने बताउनुभयो । भारतले कोरोनाका कारणले तत्काल वार्ता गर्न नसकिने बताइरहेको सुन्नमा आएको बताउदै उहाँले जुन कुनै बहानामा पनि वार्तालाई धकेल्ने प्रयास हुन नहुने बताउनुभयो । भारतले चीनको इशारामा नेपाल सरकार उक्सेको आरोपको विपक्षी दलका नेता खड्काले पनि खण्डन गर्नुभयो । राष्ट्रियताका सवालमा नेपाल एकतावद्ध रहेको भारतले बुझ्नपर्ने उहाँले बताउनुभयो।
हिजो नेपालले पटक–पटक गरेको आग्रह लत्याउने भारतले पनि अहिले वार्ताका लागि केही लचकता देखाएको संकेतहरु मिलेका छन् । सरकारले यो बेला तथ्य र प्रमाणहरुका आधारमा नेपाली भूमिको रक्षा गर्न कुनै कसर बाँकी राख्न हुँदैन । भारतले लगाउँदै आएको चीनको इशारामा नेपाल नाचेको आरोपलाई पनि नेपाल सरकारले सत्यतथ्यका आधारमा खण्डन गर्नुपर्छ ।

Share.

Leave A Reply