play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

अपडेट: पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

0

जेठ ०९, पाकिस्तानको लाहौरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एयरबस ए ३२० विमान दुर्घटनामा परेको छ । लाहौरबाट शुक्रबार दिउँसो कराँचीका लागि उडेको पाकिस्तान एयरलाइन्सको उडान नं ८३०३ विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । जहाजमा ९९ यात्रु र ८ चालकदलका सदस्य सहित १०७ जना सवार रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विमान मानववस्तीमा खसेकाले हताहत हुनेको संख्या बढ्न सक्ने पनि जनाइएको छ । दुर्घटनाका कारण विमानमा विस्फोट हुँदा करिब पाँचवटा घरमा क्षति पुगेको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान हुन बाँकी रहेको छ ।

Share.

Leave A Reply