play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो:आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

0

जेठ ०९, नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको जानकारी दिइएको हो । मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमतिको संख्या ५०७ पुगेको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् ।उनीहरुको उमेर क्रमश १९,२३ र २६ वर्ष रहेको छ । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।यस्तै डडेल्धुराका २८ वर्षीया एकजना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको वैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आवाज ०१

Share.

Leave A Reply