play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

भरतपुर ६ केशरबाग सील गरियो:कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु:उनीहरु भारतबाट आएको खुलासा

0

जेठ ०९, चितवनमा आज बिहान ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएसंगै कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमित भेटिएको भरतपुर महानगरपालिका वडा नं.६ गीतानगर (केशरबाग)लाई सील गरिएको जानकारी दिनुभएको छ ।वडालाई सील गरेर आवातजावत पूर्णरुपमा बन्द गरिएको बताउदै उहाले संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने काम सुरु भएको बताउनुभयो ।
यता भरतपुर महानगरपालिका ६ का वडाध्यक्ष हरिबिलास कोइरालाले संक्रमितहरु घर आएदेखि नै घरकै माथिल्लो तलमा क्वारेन्टिन निर्माण गरेर बसेको जानकारी दिदै उनीहरुले अन्य घरका सदस्यसंग र वरिपरि कसैसंग नि भेट नगरेको बताउनुभयो ।उहाका अनुसार संक्रमितहरु जेठ ३ गते एम्बुलेन्सबाट घर आएका थिए ।
क्यान्सरको उपचारका लागि बुबा, आमा र छोरा भारत गएका थिए । त्यहाँबाट फर्किएपछि उनीहरुमा संक्रमण देखिएको हो । तीन जनाकै परीक्षण गर्दा श्रीमान र श्रीमतीमा मात्रै संक्रमण देखिएको हो । छोरामा भने संक्रमण नदेखिएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।संक्रमण पुष्टि भएसंगै उनीहरुलाई आज विहानै भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा ल्याईएको अधिकारीले बतानुभयो ।योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

Share.

Leave A Reply