play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

सिरि ए अगष्ट २० भित्र सक्ने तयारी

0

जेठ ०८, ईटालियन फुटबल महासंघले घरेलु फुटबलको अबरुद्ध सिजन अगष्ट २० भित्र सक्ने तयारी गरेको छ ।महासंघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेरको गृहकार्यमा जुटेको छ ।महासंघले सिरि एको अर्को सिजन भने सेप्टेम्बर १ बाटै सुरु गर्ने तयारी गरेको छ ।


महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मार्चबाट चालू सिजन अबरुद्ध छ । सरकारले जुन १४ अगाडी कुनैपनि खेल गतिविधि सञ्चालन गर्न नपाउने बताएको छ ।महासंघका प्रमुख कार्यकारी अधिकृत र तीनै डिभिजनको प्रमुखबीच चालू सिजनका खेलहरु सक्ने गरि तालिका परिमार्जनमा छलफल भएको छ ।महासंघले कोपा ईटालिया समेत अगष्टको अन्त्यमा सक्ने गरि अघि बढ्ने अनुमती दिएको छ ।

Share.

Leave A Reply