play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कोरोना नियन्त्रणमा आउन लामो समय लाग्ने डब्लुएचओको भनाइ

0

जेठ ०८, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको भन्दै महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएको छ ।डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।बुधबार थपिएका १ लाख ६ हजार संक्रमितमा झण्डै दुई तिहाई केस चार देशका मात्रै रहेको उनले बताए ।


यसैबीच डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरसविरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रो क्सिक्लोरोक्वीनको प्रयोग नगर्न सचेत गराएका छन् ।

Share.

Leave A Reply