play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जिल्ला फुटबल संघ अध्यक्ष थापा निलम्बनमा

0

जेष्ठ ६ , काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघ र पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै ललितपुर जिल्ला फुटबल संघ अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ ।

एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संघ अध्यक्ष थापालाई आगामि साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

बैशाख २२ गते एन्फा डे का दिन शहीद स्मारक बी र सी डिभिजन क्लबहरुको भाइबर समुहमा एन्फा उपाध्यक्ष पंकज नेम्वाङले एन्फा डेको सुभकामना दिएका थिए ।

उक्त शुभकामनाको जवाफमा थापाले अपशब्द प्रयोग गरेका भन्दै एन्फाले बैशाख २४ गते थापासँग स्पष्टिकरण माग गरेको थियो भने बैशाख २६ गते थापाले स्पष्टिकरण एन्फालाई बुझाएका थिए ।

तर, उक्त स्पष्टिकरण चित्त बुझ्दो नआएको भन्दै अध्यक्ष थापालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष शेर्पा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा थापाले एन्फा विधानको उल्लघन गरेको भन्दै जेठ ५ गतेदेखि लागु हुनेगरि निलम्बन गरेको जनाएको छ ।

Share.

Leave A Reply