play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गर्ने एन्फाको निर्णय

0

जेठ ०६, अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमा पदाधिकारी र फुटबल संघविरुद्ध अपशब्द प्रयोग गर्ने ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ ।स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले जिल्ला अध्यक्ष थापालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।एन्फाले बार्षिक साधारण सभा चैतमा सञ्चालन गर्ने तय गरेको थियो । तर, कोरोना भाईरसको महामारीको कारणले साधारण सभा अनिश्चित समयका लागि स्थगित गरिएको छ ।गत बैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्षले दिएका शुभकामना सन्देशको जवाफमा अपशब्द लेखेको भन्दै फुटबल संघले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न भन्दै थापालाई स्पष्टिकरण सोधेको थियो ।


थापाको कार्यले संघ र नेतृत्वको ईज्जतमा धक्का पुुर्याउने, अनास्था फैलाउने, अपमानजनक घृणित कुप्रचार कार्य भएको एन्फाले बताएको थियो ।स्पष्टिकरणको जवाफ पेश गर्दै थापाले एन्फा डे मनाउने फुटबल संघको निर्णयमा थप प्रश्नहरु सोधेका थिए । उनले एन्फा डेको मितिलाई साधारण सभाले अनुमोदन नगरेको भन्दै स्पष्टिकरण पत्रमा थप जवाफ दिन नेतृत्वसंग माग गरेका थिए ।थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एन्फाले उनलाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले बताए ।

Share.

Leave A Reply