play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

जर्मनको बुन्डेस लिगा फुटबल सुरु:शाल्के बिरुद्द डर्टमण्डको फराकिलो जित

0

जेठ ०३, जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ।आज भएको खेलमा डर्टमण्डले शाल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक रहेको छ ।शाल्के ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


कोरोना भाईरसको महामारीको कारण स्थगित लिग करिब २ महिनापछि शनिबारबाट सुचारु भएको हो । कोरोनाको कारण लिग गत मार्चबाट रोकिएको थियो । बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो ।

Share.

Leave A Reply