play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

आईओसीद्वारा ८ सय मिलियनको कोष स्थापना

0

जेठ ०२ , कोरोना भाईरसको महामारीविरुद्ध लड्न अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ८ सय मिलियन पाउण्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले कोरोनाविरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकपछि आईओसीका अध्यक्ष थोमस वाचले खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताए । ’हामी आशा गर्दछौ कि हामीले ८ सय मिलियन खर्च गर्नु पर्नेछ । संगठनका लागि यो हाम्रो जिम्मेवारी हो,’ उनले एएफपीसँग भने । कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने छ ।

बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्रा्ष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ ।

Share.

Leave A Reply