अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

0

असार ७ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चारकिलोमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलेको छ ।ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा आज बिहान दुई बजे ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो हटाएपछि बिहान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरले बाटो खुलाएका हुन् ।बाटो खुलेसँगै रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन् । तर अहिले सो सडक खण्डमा गाडीको चाप भने निकै छ । निमार्णको काम भइरहेकाले यो सडकखण्डमा बेला बेलामा पहिरो जाने गरेको छ ।

Share.

Leave A Reply