play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सन्दर्भ: विश्व योग दिवस २१ जून -योगको परिचय, प्रकार र फाईदा

0

“योग चित्तवृति निरोध” अर्थात चन्चल चित्तलाई निश्चल गराउनु नै योग हो । योगको अर्थ समाधि अथवा अनुभुति हो । महर्षि ब्यासले योगको अर्थ समाधि भन्छन ।
संक्षेपमा योग भन्नु संयमतापूर्वक साधना गर्दै आत्मालाई परमात्माको साथ योग गरेर (जोडेर) समाधि आनन्द लिनु हो । आधुनिक योगको योगी श्री अरविन्दको अनुसार परमदेवको साथ एकत्व प्राप्तिको लागि प्रयत्न गर्नु तथा यसलाई प्राप्त गर्नु नै सवै योगहरूको स्वरूप हो । जैनाचार्येको अनुसार जुन साधनहरूले आत्माको सिद्धि र मोक्षको प्राप्ति हुन्छ त्यो योग हो । अन्यत्र जैन दर्शनमा मन वाणी एवम् शरिरको वृतिहरूलाई पनि कर्मयोग भनिएको छ ।
स्वामी रामदेव बाबा भन्छन –‘योग समाधी हो आफ्नो पहिचान आफै गर्ने हो । म को हुँ कहाँबाट आए आदि कुराहरूको खोजि योगले गर्छ । एक व्यक्ती जो डाक्टर, व्यापारी, उधोगी, राजनितिज्ञ, आदि भई ठुलो मान्छे हुन्छ अझ सबभन्दा बढी महामानव हुन योग गर्नुपर्दछ । योगनगरी भोगमा लागेमा उसको आत्मामा दैत्य, राक्षसको बास हुन्छ । त्यसैले आऔ योग गरौ निरोगी रहौ ।’ मन्त्रयोग, लययोग, हठयोग र राजयोग गरी योग चार प्रकारका हुन्छन् ।
मन्त्रयोग मातृकारीयुक्त मन्त्रलाई १२ बर्षसम्म विधिपुर्वक जप्नाले अप्रिया आदि सिद्धिहरू साधकलाई प्राप्त हुन जान्छ । लययोग भनेको दैनिक क्रियाकलापहरू गर्दै सदैव ईश्वरको ध्यान गर्नु हो । हठयोग बिभिन्न मुद्राहरू, आसनहरू, प्राणायाम एवम् बन्धहरूको अभ्यासले शरिरलाई निर्मल एवम् मनलाई एकचित्त गर्नु हो । राजयोगले यस नियमाधिको अभ्यासले चित्तलाई निर्मल गरेर ज्योतिरमय आत्मालाई साक्षातकार गराउछ ।
योग तथा प्राणायाम गर्दा बिभीन्न कुराहरुमा ध्यान दिनुपर्छ । शान्त, स्वच्छ, सफा र राम्ररी हावा खेल्ने ठाउँ, जस्तै : खुला कोठा, वगैचा, आगन, दलान, छत आदि र खुला चउर वा नदीको किनार सर्वाधिक उत्तम मानिन्छ । उज्यालो हुनु एक घण्टा अगाडिको समयलाई ब्रह्ममुहूर्त वा अमृत बेला भन्निछ जुन वेला योग तथा प्राणायाम गर्नु उत्तम हुन्छ । सम्भव नभएमा बिहानको आठ वजे सम्मको समय अथवा खाली पेटमा वेलुका पनि योग तथा प्राणायामको अभ्यास गर्न सकिन्छ । प्राणायाम तथा योग अभ्यास सकभर खाना खाएको ५ घण्टा पछि वा ५ घण्टासम्म पेट खाली भएको वेला गर्नुपर्छ । अभ्यासको आधा घण्टा पछि पानी पिउन र एक घण्टा पछि खाना खान सकिन्छ ।
प्राणायामहरूबाट हुने फाईदाहरू :
प्राणायामहरू ८ किसिमका हुन्छन् । प्राणायाम सुरु गर्दा तिन किसिमबाट गर्न सकिन्छ ।
१. मन्दगती : बिस्तारै बिस्तारै गर्ने । २. मध्यम गति : सामान्य रूपमा अर्थात स्वभाविक रूपमा गर्ने । ३. तिव्र गति : छिटो छिटो गर्ने । जस्को कलेजो (फेफडे) र हृदय (मुटु) कमजोर छ त्यस्तो व्यक्तीले मन्द गतिबाट गर्नु पर्दछ । स्वस्थ व्यक्ती र पुराना अभ्यास गरिरहेका व्यक्तीले विस्तारै विस्तारै गर्दै श्वास प्रश्वासको गति बढाउदै मध्य र तिव्र गतिले सास लिने र छाड्ने गर्नु पर्छ । श्वास लिदा पेट फुलाउनु हुदैन । छाती, फोक्सोमा सास भर्ने र छाडने गर्नु पर्छ ।
प्राणायामहरूबाट हुने फाईदा
१. भस्त्रीका : यस प्राणायमबाट सर्दी जुखाम (रुघाखोकी), एलर्जि, श्वासरोग, साईनस आदि सवै रोगको साथै कफ रोगबाट छुटकरा पाईन्छ । फोक्सो सवल हुन्छ । हृदय (मुटु) र मष्तिस्क (दिमाग) शुद्ध हावा लिनाले आरोग्य लाभ हुन्छ । थाईराइड, टन्सिल आदि गला (घाटी) को सवै रोग हटछ । रगत शुद्ध गर्न र शरिरका विकारहरू वाहिर निकाल्छ । प्राण र मनलाई स्थिर बनाई प्राणोत्थान तथा कुण्डलिनी जागरण बनाउन सहयोग पु¥याउछ । यो प्राणायाम ३ देखि ५ मिनेट गर्नुपर्छ ।
२. कपालभाती प्राणायाम : मष्तिस्क (दिमाग) मुखमण्डलमा ओज तेज आभा आउनुका साथै सौन्दर्य बढाउछ । सवै कफ रोग, दम, खासी, एलर्जि, साईनस आदि रोगबाट छुटकरा पाईन्छ । हृदय (मुटु) फोक्सो र मष्तिस्क (दिमाग) को रोग हट्छ मोटोपना मधुमेह (सुगर) गैस (ग्यास), कब्जियत, अम्लपित, किडनी र प्रोस्टेडसँग सम्बन्धीत सवै रोगहरू निश्चितरूपमा हटछ ।
कब्जियत जस्तो खतरनाक रोगबाट मुक्तीपाउन १०÷१५ मिनेट प्रत्येक दिन गर्नाले हटछ । यसले मधुमेह (सुगर) विना औषधी कन्ट्रोल हुन्छ । १ महिनासम्म लगातार गर्नाले बढेको पेट कम हुनुको साथै वजन पनि ४ देखि ८ के जी कम हुन्छ । हृदय (मुटु) मा आएको अवरोध (ब्लोकेज) खुल्छ मन स्थिर प्रसन्न र नकारात्मक विचार हटछ । डिप्रेशन आदि रोगबाट मुक्ती पाईन्छ ।
चक्रोका सोधन तथा मुलाधार चक्रेदखि सहस्रार चक्रसम्म सवै चक्रसम्म सवै चक्रमा एक दिव्य शाक्ति जागरण भएको महसुस हुन्छ । यस बाट आमाशय, अग्न्यासय (पेन्क्रियाज) लिभर, प्रोस्टेड र किडनीलाई खास गरेर फाईदा गर्छ । पेटको लागि त अरु आसनबाट नभएको फाईदा दिन्छ । पाचन शक्ती कमजोर भएकोलाई सवल र सक्षम बनाउछ ।
३. बाह्य प्राणायाम: यसले कोलस्ट्रोल मनको चन्चलता हटाउछ जठराग्नी अर्थात् पेटको अग्नि बढाई भोक लाग्छ । उदररोगमा फाईदा गर्छ बुद्धी सुक्ष्म र तिव्र हुन्छ । विर्यको उत्पादन क्षमता गराई स्वप्नदोष शिघ्र पतन र धातु विकारलाई समाप्त गर्छ साथै सबै स्त्री रोग गर्भासय सम्बन्धी खरावीहरूलाई यो प्राणायाम अत्यन्त फाईदाजनक छ । यसले पेट सम्बन्धी सवै भागमा वल पर्ने हुदा सुरुमा पेटको कमजोर तथा रोग ग्रस्त भागमा हल्का दुखाई हुन्छ । आत्तिनु पर्दैन । पेटलाई आराम तथा आरोग्य दिनलाई त्रिबन्धपुर्वक यो प्राणायाम गर्नुपर्दछ ।
अग्निसार क्रिया : यो प्राणायाम नभई बाह्य प्राणायमको सअयोगी क्रिया हो । यसले पेटमा भएका सवै विकारहरू जस्तै अपच, कब्जियतलाई नष्ट गरी दिशा ठिक ठिक समयमा हुनेको लागि फाईदा पु¥याउछ । पाचन प्रणाली राम्रो हुन्छ । विहान सवेरै उठेपछि २-३ गिलास मनतातो पानी पिउने बानी पार्नु पर्छ यसले नियमित दिशा गराउन सहयोग गर्छ । यस क्रियाको नियमित अभ्यासले मोटोपन, मधुमेह, मुत्र रोग ठिक भई पिसावमा जलन कम हुन्छ । बहुमुत्र हुन बन्द हुन्छ ।
४. उज्जायी प्राणायाम : जस्लाई वर्ष भरी नै अर्थात १२ महिना सर्दि खासी जुखाम (रुघाखोकी) का साथै टनसिल थाईराइड, ग्लैड, अनिन्द्रा (निद्रा नलाग्ने), मानसिक, तनाव, रक्तचाप, अजिर्ण, आमवात, जलोदर, क्षयज्वर, प्लिहा आदी रोगलाई यो प्राणायाम लाभकारी छ । गलालाई ठिक निरोगि र मधुर बनाउनकालागी यसको नियमित अभ्यास गर्नुपर्छ कुन्डलीनी जागरण र अपच ध्यान आदिको लागि पनि अत्यन्तै फाईदा गर्दछ ।
५. अनुलोमविलोम प्राणायाम : हाम्रो शरिरमा ७२ करोड ७२ लाख १० हजार २९० नाडीहरू छन् ति सुसुप्त अवस्थामा हाम्रो शरिरमा बसेका हुन्छन ति सवैलाई जाग्रित गराई परिशुद्ध गर्ने काम यो प्राणायमले गर्छ साथै सवै नाडीहरू शुद्धहुने हुदाँ शरिर पूर्ण स्वस्थका साथै कान्तिमय र वलियो हुन्छ ।
सन्धीवात, आमवात, गठिया, कम्पवात, स्नायुदर्वलता आदि सवै वाथ सम्वन्धी रोगहरू मुत्ररोग, धातुरोग, शुक्रक्षय, अम्लपित्त, शितपित्त आदि सवै पित्तरोग सर्दि खासी जुखाम (रुघाखोकी), विग्रेको रुघा, साईनस, अस्थमा, खासी, टन्सील आदि सवै कफ रोग नास हुन्छ ।
हदय (मुटु) को नशा प्वालहरूमा भएको अवरोध (ब्लोकेज) खुल्छ । यो प्राणायाम नियमित गर्नाले लगभग ३÷४ महिना पछि ३० देखि ४० प्रतिशत सम्म अवरोध (ब्लोकेज) आफै खुलेको एउटा रोगीलाई प्रयोग गर्दा पत्ता लागेको छ । नकारात्मक चिन्तन (सोचमा) परिवर्तन आई सकारात्मक सोच हुन्छ । शरिरमा आनन्द उत्साहका साथै निर्भयता प्राप्त हुन्छ ।
साराशंमा भन्नु पर्दा यो प्राणायामवाट मन, तन विचार संस्कार सवै परिशुद्ध हुन्छन शरिरमा भएका सम्पूर्ण रोगहरू नष्ट हुन्छन, यो प्राणायामले जुनसुकै रोगको लागि पनि लाभकारी छ । मन शुद्ध भई ओमकारको ध्यानमा लिन भईन्छ । यो प्राणायाम २५० देखि ५०० पटकसम्म गर्नाले मुलाधार चक्रको कुण्डलीनी शक्ति जुन अधोमुखी हुन्छ त्यो उर्धमुखी हुन्छ । अर्थात कुण्डलीनी जागरणको प्रक्रिया प्रारम्भ हुन्छ ।
६. भ्रामरी प्राणायाम : भ्रामरी प्राणायामले चञ्चल मन शान्त हुन्छ । मानसिक तनाव, उत्तेजना, उच्च रक्तचाप, हृदय रोग, नाक, कान, घाटीको रोगमा धेरै फाईदा हुन्छ ध्यान गर्नको लागि यो प्राणायाम अति महत्वपूर्ण छ ।
७. उदगिथ प्राणायाम (ओमकार जप) : यो प्राणायामले साधकले ध्यान गर्दा गर्दा सच्चिदान्नद स्वरूप ब्रह्मको स्वरूपमा एक चित्त भई त्यसैमा डुब्छ । दिव्य आन्नद प्राप्त हुन्छ । हामी सुत्ने बेलामा पनि यो ध्यान गर्नाले सुत्दा गहिरो र चाडै निन्द्रा पर्ने तथा नराम्रा सपनाबाट मुक्ती पाईन्छ ।

८. प्रणब प्राणायाम (प्रण जप) : यो प्राणायाम नै प्राणायामको चरण हो । यसलाई ध्यान अवस्थामा बस्ने भनिन्छ । वस्तुत प्राणायामको परिणाम नै ध्यान हो । सवै प्राणायाम सम्पन्न गरिसकेपछि ईन्द्रिय एवम् मनलाई बिश्राम दिन लामो सास लिदै छाडदै आरमसाथ मुख आखा बन्द गरी एक चित्त भई आसन शुद्ध गरी ध्यानमा बस्नु पर्छ । । जस्ले गर्दा हाम्रो सम्पूर्ण जिवन योगमय हुन्छ । मनलाई स्थिर राख्दै आत्मबोध गराई ध्यान शक्तीलाई उजागर गर्ने हुनाले कम्तिमा २ मिनेट यो प्राणायम गर्नुपर्दछ ।
व्यायाम तथा आसनहरूबाट हुने फाईदाहरू
१. योगिक जोगिङ : यो १२ प्रकारबाट गरिन्छ यसबाट शरिर स्फुर्ति तथा चुस्त दुरुस्त राखी लाभ पाउन सकिन्छ ।
२. सूर्य नमस्कार :यो पनि १२ प्रकारबाट गरिन्छ मानव शरिरको सम्पूर्ण व्यायम हुने भएकोले शरिरलाई निरोगी र सवल बनाउछ । हृदय, फोक्सो, पेट आन्द्रा, आमासय आदिलाई स्वस्थ राखी मधुमेय (डाएभेटिज) जस्तो रोग पनि ठिक पार्छ । हात, खुट्टा, तिघ्रा, पेट, कम्मर, काँध आदि सवै अङ्ग र मांमसपेशीहरूलाई पुष्ठ एवम् सुन्दर बनाउछ । शरिरमा रक्त सञ्चारलाई सुचारु गर्ने भएकोले रक्त विकार समाप्त पारी चर्म रोग निर्मुल पार्दछ । मानसिक, शान्ति, बल एवम् वुद्धि प्राप्त गरी सम्पुर्ण शरिरलाई पूर्ण आरोग्य प्रदान गर्छ ।
३. खुट्टा (गोडा) को व्यायम : १० किसिमबाट गरिने यो व्यायमले गोडाको सम्पूर्ण भागको दुखाईबाट मुक्ति पाईन्छ ।
४. बटरफ्लाई (पुतली): शरिर हल्का तथा आनन्ददायी यो व्यायमबाट पाईन्छ । घुडा दुख्ने समस्याबाट मुक्ति पाइन्छ ।
५. कटीचक्रासन (कटी सौन्दर्य आसन) : यो आसनले बारुले कम्मर बनाउछ । ढाड, कम्मरको लागि अत्यत्न्त लाभकारी छ ।
६. ग्रैण्डिङ (जातो पिसाई) : हात कम्मर र पेटको लागि यो आसनले फाईदा गर्छ ।
७. पश्चिमउतानपादआसन : हात कम्मर र पेटको लागि यो आसनले फाईदा गर्छ । यो आसन ४ प्रकारबाट गरिन्छ ।
८. वेवी (वच्चा खेलाउने) : २ प्रकारबाट गर्ने यस आसनले शरिरलाई हलुका र चुस्तदुरुस्त राख्छ ।
९. हात, मुख, कुम, आखाँ, जिब्रो, कान र गर्दनको व्यायाम ः यि व्यायामहरूले हाम्रा तिनै शरिरका भागहरूलाई चुस्तदुरुस्त राख्ने काम गर्दछ ।
१०. ध्यान गर्ने : सकभर यो आसन पद्मामासनमा बसी गर्नुपर्छ यसले आफ्नो तौल आफै नाप्ने काम गर्छ ।
११. मण्डुकाआसन : यसले पेनक्रियाज अग्नासयलाई सक्रिय बनाएर प्रचुर ईन्सुलिन बनाउन मद्दत गर्ने भएकोले मधुमेय (सुगर) चिनीकारोगीलाई अत्यन्त लाभकारी छ त्यसै गरी पेट तथा मुटुका रोगीहरूका लागि पनि यो प्रभावकारी छ ।
१२. शसक (खरायो) आसन : मण्डुका आसनको सहयोगीको रूपमा यो आसनलाई लिईन्छ । यसले मुटुको स्वभाविक मालिस हुने हुनाले मुटुका विरामीहरूलाई अति नै लाभप्रद छ । आन्द्रा, कलेजो, अग्नासय, मृगौला एवम् महिलाहरूको गर्भासयलाई वलियो बनाई पेट र कम्मरको बोसो घटाउछ । रिस तनाव, वेचैनि तथा मनासिक रोगमा पनि यो निकै प्रभावकारी छ ।
१३. गौमुखासन : धातुरोग, बहुमुत्ररोग तथा स्त्रीरोगमा यो आसन हितकारी छ । सन्धीवात तथा गाँठागाँठी दुख्ने निको पार्दछ । साथै अण्डकोष एवम् आन्द्रको वृद्धिमा विशेष लाभकारी भई कलेजो मृगौला एवम् छातीलाई वलियो बनाउछ ।
१४. बक्रासन : यसले कम्मरको बोसोलाई कम गरी दुखाईबाट मुक्ती पाईन्छ । कलेजोको लागि लाभप्रद छ ।
१५. मकरआसन : २ किसिमबाट हुने यो आसनले ढाड कम्मरका रोगीहरूलाई अत्यन्त फाईदा गरी दुखाईबाट मुक्ती पाईन्छ ।
१६. शलभासन : यो आसन ५ प्रकारबाट गरिन्छ काध, हाडजोर्नी ढाड कम्मर तथा मेरुदण्डको सम्पुर्ण रोगमा अत्यन्तै लाभकारी छ ।
१७. भुजङगआसन : यसले छाती चौडा हुन सहयोग पु¥याछ । हात, कम्मर, मेरुदण्ड, मुटु तथा मुत्रासय सवल हुन्छन । यसले पेटलाई मजवुद बनाउने भएकोले कब्जियत निको भई राम्रो भोक लाग्छ । युवतीहरूको बक्षस्थल सम्मुन्त बन्छ स्त्रीहरूको मासिक धर्म नियमित भई प्रदर जस्तो रोग पनि निको हुन्छ । साथै ढाड र कम्मरको पिडालाई पनि यसले निको पार्छ ।
१८. धनुरआसन : यो आसनले हातगोडा छातीका साथै शरिरलाई चुस्तदुरुस्त राख्छ ।
१९. कन्दरआसन : यसलाई धनुर आशनको सहयोगी आसन पनि भनिन्छ । यो आसनले सूर्यकेन्द्र (नाभी) लाई केन्द्रित गरी राख्नको लागि सर्वाेतम छ । पेट कम्मर दुखाईमा उपयोगी हुनले साथै महिलाहरूको लागि पाठेघर तथा महिनावारीमा अत्यन्तै लाभकारी छ । पुरुषहरूको लागि स्वप्नद्धोष (नाईट फल) तथा हाईड्रोसिल हुनबाट बचाउछ ।
२०. हर्ध हलासन : मेरुदण्डलाई स्वस्थ एवम् लचिलो बनाएर पृष्ठ भागको मांसपेशीहरूलाई पनि विस्तृत एवम् निरोगी बनाउछ । थाईराईड गन्थीलाई चुस्त पारेर मोटोपन, बामपुड्के एवम् दुर्वलता आदिलाई दुर गर्छ । अजिर्ण, मन्दाग्नि, ग्यास, कब्जियत, तिल्ली एकृतवृद्धि र हृदय रोगमा लाभकारी छ ।
२१. पूर्वउतानापादआसन : यस आसनले पनि हात, गोडा, पेट तथा कम्मरको लागि फाईदा गर्छ ।
२२. उतानपादआसन : कब्ज, ग्यास, मोटोपन आदिलाई हटाउनुको साथै आन्द्रालाई सवल निरोगी यस आसनले गराउदछ । जठराग्नीलाई क्रियाशील गर्छ नाभी तथा हृदय रोग पेट दुखाई एवम् श्वास रोगमा उपयोगी हुन्छ । यो आसन १÷१ खुट्टाले क्रमश ः पालैैपालो गरेमा कम्मर दुखईमा समेत लाभप्रद हुन्छ ।
२३. नौकासन : यस आसनले पनि उतानपादआसनको जस्तै लाभ पाईन्छ । हृदय एवम् फोक्सो पनि वायुको प्रवेशले सवल हुन्छ । आन्द्रा आमासय, अग्नासय, लिभर आदिको लागि पनि उत्तम छ ।
२४. पवनमुक्तआसन : यस आसनबाट उदरत वायु विकारको लागि धेरै नै उत्तम हुन्छ । स्त्री रोग एवम् गर्भासय सम्वन्धी रोगहरूको लागि लाभप्रद छ । अम्लपित्त, हृदयरोग गठिया एवम् ठुलो पिडामा हितकारी हुन्छ । पेटमा बढेको चर्वी (वोसो) लाई कम गर्छ । यदी कम्मरमा धेरै नै दुखाई छ भने शिर उठाई नासिकाले घुटन (घुडा) मा छुवाउने गर्नु हुदैन । खुट्टालाई छातीमा मात्र छुवाउनु पर्छ । यस्तो गर्नाले साईटिका घुटन (घुडा) मा छुवाउने गर्नु हुदैन । खुट्टालाई छातीमा मात्र छुवाउनु पर्छ । यस्तो गर्नाले कम्मर दुखाईमा प्रयाप्त लाभ हुन्छ ।
२५. पादवृतआसन : शरिरमा बढेको अतिरिक्त भार मोटोपनालाई कम गर्छ । तिघ्रा र कम्मरलाई हल्का र सुडोल पार्दै पेटलाई पनि स्वस्थ राख्छ ।
२६. द्धिचक्रिका आसन (साईक्लिन) : यसले मोटोपन घटाउछ आन्द्रालाई सक्रिय पार्छ । भोक बढाउने तथा शरिरलाई फुर्तिलो बनाउने काम गर्छ ।
२७. सवासन : सामान्य र सरल भईकन पनि यो आसन अत्यन्त महत्वपूर्ण छ । मानसिक तनाव, उच्च रक्तचाप, मुटु अनि अनिद्राका रोगीहरूका लागि यो आसन सर्वाेतम भएकोले दिनदिनै १०–१५ मिनेट गर्ने हो भने रोग चाडै निको हुन्छ । शरिरिक थकानको वेला पनि यो आसनले तुरुन्त थकाई ठिक हुन्छ । यो आसनको नियमित अभ्यासबाट शरिर मन मष्तिक अनि आत्माले शक्ति उत्साह र असिमित आन्नद पाउनाले ध्यान शक्तिको विकास हुन्छ ।
२८. भजन : आफुलाई मन पर्ने जुनसुकै भजन ताली बजाई गाउनाले मन प्रफुल्लित हुनुको साथै तालीबाट हत्केलाको विभिन्न प्वाईन्टहरूमा एकुप्रेसरको पनि काम हुने हुनाले यसबाट पनि प्रसस्त फाईदा पाउन सकिन्छ ।
२९. सिंहासन : टनशिल घाटी तथा श्वास सम्बन्धी दोषहरूलाई निर्मुलपार्छ र अनुहारलाई कान्तीमय बनाउने काम सिंहासनबाट पाउन सकिन्छ ।
३०. हास्यासन : यसले मन निर्वीकार शरिर स्वास्थ्य एवम् अनुहार कान्तीमय बनाउछ ।
३१. शान्ति पाठ गर्दै व्यायम तथा आसनहरू समापन हुन्छन् । प्राणायाम योग तथा व्यायामहरू गर्ने तरिका पतन्जली योग समितिबाट समय समयमा हुने शिविरमा योग शिक्षकबाट प्रत्येक्षरूपमा सिकेपछि उपरोक्त फाईदा लिई शरिर स्वस्थ तथा निरोगी हुन्छ, यसमा कुनै दुई मत छैन ।

Share.

Leave A Reply