असार ५ – नवलपरासीको भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले हटाएको छ । पाल्हिनन्दन–४ मा फेला परेको शंकास्पद बस्तु बिहान परासीबाट गएको नेपाली सेनाको टोलीले हटाएको हो ।परासी–महेशपुर सडकखण्डको कुश्मा महेशपुरको बिच भागमा झोलामा पोको पारेर शंकास्पद बस्तु आइतबार राति राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीले झोलामा शंकास्पद बस्तु राखेर त्रास फैलाउन खोजिएको र बम नभएको प्रष्ट पार्नु भएको छ ।
नवलपरासीको पाल्हिनन्दनमा भेटिएको शंकास्पद बस्तु सेनाले हटायो
0
Share.