नवलपरासीमा राजपाका जिल्ला अध्यक्षसहित २० जना पक्राउ

असार ४ । प्रहरीले राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई पक्राउ गरेको छ ।स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको आरोप प्रहरीले लगाएको छ ।