play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

खुसार्नी उखेलेर उपद्रो

0
भरतपुर महानगरपालिका वडा नम्बर २५ का किसान मोहन राज पौडेल हरियो खुसार्नी नोक्सन भए पछि बारिमा

भरतपुर महानगरपालिका वडा नम्बर २५ का किसान मोहन राज पौडेल हरियो खुसार्नी नोक्सन भए पछि बारिमा

विवेक पोख्रेल, भरतपुर
चैत्र ३० गते ।

यति बेला लकडाउनका कारणले किसानहरु कृषि उत्पादनले बजार नपाउदा निरास छन् । तर भरतपुर महानगरपालिका वडा नम्बर २५ का किसान मोहन राज पौडेलले लगाएको हरियो खुसार्नी बारीमा भने अज्ञात समूहले नोक्सानी पुराएको छ । आज राति १ कठ्ठामा रहेको खुशार्नी खेती उखलेर नाश पारेको पिडित कृषक मोहन पौडेलले जानकारी दिए ।

 हरियो खुसार्नी बारि

हरियो खुसार्नी बारि

उत्पादन दिने बेला भएको हरियो खुसार्नी नोक्सन हुदा उनि चिन्तीत छन् । उनले भने -‘बारीमा मान्छेको पाइला नै पाइला छ, उछृङ्खल समूहले खेती नष्ट गरेको हुन सक्छ ।’ नोक्सान गर्नेलाई कारबाहीको माग गर्दै उनले प्रहरीलाई समेत खबर गरेका छन् । प्रहरीले घटनस्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । पौडेल ६ महिना अघि मात्र बैदेशीक रोजारी बाट फर्किएर जिल्लामानै व्यवसायी तरकारी खेती गर्ने हिसाबले काम गरी रहेका छन् । उनले २ कठ्ठामा खुसार्नी लगाएका थिए । भने बाँकी ५ कठ्ठामा भेन्टा र बोडि लगाएका छन् ।

 

यो पनि हेर्नुस–

चितवनका ८० बढि किसानले लगाएको काक्रोले बजार नपाए पछि बारीमा ट्याक्टर लगाएर

Share.

Leave A Reply