play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

लकडाउनको पालना गर्दै किसान, सचेत भएर आफ्नो दैनिकी गर्न जिल्ला संघको आव्हान

0

विवेक पोख्रेल, चैत्र ३०

कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण दूधमा आत्मनिर्भर रहेको चितवनमा ८० प्रतिश पनि दूध पनि विक्रि भएको छैन । यद्धपी केही सहकारी संस्थाहरुले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरी दूग्ध संकलन गर्छन् ।सहकारीले दुग्ध संकलन गर्दा सक्दो सावधानी अपनाएको देखिन्छ । भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानको दूध संकलन गर्नु पहिले डिसइन्फेक्टेन्ट स्प्रे ( कीटाणुनाशक औषधि ) किसानलाई छर्कन्छ । किसानले सहकारीमा प्रवेश गर्नु पहिले साबुन पानिले हात धुनुपर्छ ।भने अनिवार्य रुपमा किसानले मुखमा मास्क लगएर सहकारीमा जानुपर्छ । किसानहरुले दूध भोर्ने क्रममा १ मिटरको दुरीमा लाईनमा दूध राख्दै भिड्नगरी आफ्नो पालोमा मात्र दूध भर्न पर्छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड

भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड

यस्तै, भरतपुर ६, केशरबाघकोे अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले किसानको लागि दूध लगेको भाडा (क्यान) र किसान रहने ठाउँको चिन्ननै बनाएको छ । तिन÷तिन फिटको दुरीमा लगाएको सेतो घेरामा किसान बसेर आफ्नो पालोमा दुग्ध संकलन गर्छन ।

 

भरतपुर ६, केशरबाघकोे अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था

भरतपुर ६, केशरबाघकोे अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था

जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले समेत यो विषम परिस्थितिमा सरकारले आव्हन गरेको लकडाउनको पालना गर्दै सचेत भएर आफ्नो दैनिकी गर्न किसान संग आभावन गरेको छ । सिनर्जी एफ.एम संगको कुराकानीमा संघका सचिव किशोर बगालेले लकडाउन आफ्नै स्वास्थ्यका लागि भएकाले यसलाई अझ व्यवस्थित बनाउन र सम्पुर्ण किसानले यसको पुर्ण पालना गर्न समेत अनुरोध गनुभएको छ । उहाँले सबै भन्दा ठुलो मानव स्वास्थ्य भएकाले पहिले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनको लागि अनुरोध गनुभएको छ ।

चितवन जिलामा ५ सयभन्दा बढी व्यावसायिक पशुपालक किसानहरू छन । बगालेका अनुसार अहिले चितवनमा दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आएको भए पनि दूध उद्योगहरूले सबै दूध संकलन गरेका छैनन् । जिल्लामा दुग्ध उत्पादक सहकारी संघमा आबद्ध १ सय ८ वटा दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट दूध संकलन गरी डेरी उद्योगहरूलाई बिक्री गर्दै आएका थिए । कर्मचारी नभएको भन्दै किसानबाट संकलित दूध उद्योगले खरिद नगरेको भए पनि जिल्लाको सबै किसानको दूध संकलन गर्ने गरेर संघले पहल गरीरहेको बगाले बताउनु हुन्छ । उहाँले भन्नु भयो – कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले देशै भरीका दुग्ध किसान मारमा छन, हामी यस विषयमा चिन्तीत छौं ।

दूध पीउदा के फाईदा हुन्छ ? कार्यक्रम डेरी चौतारी

दूध पीउदा के फाईदा हुन्छ ? लकडाउनको समयमा किसानको दूध विक्रि कार्य नियमित गर्न जिल्ला दूध उत्पादक सहकारी संघले गरेको कामको विषयमा तयार पारिएको यो हप्ताको कार्यक्रम डेरी चौतारी अतिथि : डाक्टर शंकर लौडारी , किरोश बगाले कार्यक्रम प्रस्तोता : विवेक पोख्रेल

Posted by Synergy FM on Sunday, April 5, 2020

चितवमा संकलित दूध हिमालय डेरी लगनखेल, दुग्ध विकास संस्थान (डिडिसी), नवप्रभात डेरी गोदावरी, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, सुजल डेरी थानकोट, तुलसा डेरी प्रालि काठमाडौं, संयुक्त डेरी पाटन, कालिका डेरी भक्तपुरलगायतका दर्जनभन्दा बढी डेरीहरूले चितवनबाट दूध संकलन गर्ने गरेको भएपनि अहिले दुग्ध विकास संस्थान (डिडिसी) र तुलसा डेरी प्रालि काठमाडौंले मात्र दूध उठाउने गरेको छ । संकलन भएको दूध विक्रि नभए पछि चिस्यानमानै दुग्ध विग्रिएको भन्दै भरतपुर महानगरपालिका–१४, शिवनगरमा रहेको श्री जयशिव गणेश दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट संकलन गरेको ५ सय ५० लिटर दूध नष्ट गरेको समाचार यस अघि हामीले प्रसारण गरेका थियौ

 

दूध पीउदा के फाईदा हुन्छ ? लकडाउनको समयमा किसानको दूध विक्रि कार्य नियमित गर्न जिल्ला दूध उत्पादक सहकारी संघले गरेको कामको विषयमा तयार पारिएको कार्यक्रम डेरी चौतारी याहाँ सुन्न सक्नु हुन्छ 

https://www.facebook.com/SynergyFM91.6/videos/306964960284420/

Share.

Leave A Reply