play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

मुलुककै ठूलो धुलो दूध उत्पादन कारखाना नियमित संचालनमा आयो

0

विवेक पोख्रेल,

चैत्र २७, भरतपुर ।

भरतपुर महानगरपालिका– १ ठिमुरामा रहेको मुलुककै ठूलो धुलो दूध उत्पादन कारखानामा चितवन मिल्क उद्योगमा सोमबार देखि पुन संचालनमा आएको छ । सबै तिरको दवाव पछि गत २१ गते देखि बन्द रहेको उद्योग सोमबार देखि (२४ गते देखि) संचालनमा आएको चितवन मिल्क उद्योगका ईन्चार्ज दुर्गा पराजुलीले जानकारी दिनु भयो ।

स्टोरमा राख्ने ठाउँनै नभएको र टाढाटाढा बाट गाढि आउने भएकाले जोखीम उच्चहुने भन्दै स्थानियले समेत कारखाना बन्दा गर्न दबाब दिएको भन्दै विपतको बेलामा समेत बन्द भएको कारखाना पुन संचालनमा आएको हो । यद्धपी उद्योगले अहिले चितवन, नवलपुर , मकवानपुर , काठमाडौं र काभ्रे जिल्लाको मात्र दुग्ध संकलन गर्दै आएको छ । पराजुलीका अनुसार कारखानाबाट दैनिक ८० हजार लिटर दुग्ध प्रसोधन गर्न सकिन्छ । अहिले ६० हजार लिटर मात्र दुग्ध उद्योगले संकलन गदै आएको छ । कारखानाले उत्पादन गरेको पाउडर,बटरले ५० टन क्षमताको कोल्ड रुम भरि सकेको पराजुली बताउछन् । यस अघि उद्योगमा उद्योगमा चितवन सहित नेपालगज झापा , सुनसरी मोरङ्ग , सिराहा, सप्तहरी, नवलपरासी, रुपन्देही बाट दूध आउने गरेको थियो । हामीले टाडा बाट आउदा जोशी बाढि हुने भएकाले टाढाको गाडी रोक्यौ । हाम्रो कर्मचारीलाई कारखाना भित्रनै खाने बस्ने व्यवस्था गरेर काममा लागएका छौ उनले भने ।

मौज्दात दूध प्रसस्त भएको, कर्मचारी नभएको भन्दै भन्दै किसान बाट संकलित दुग्ध जिल्ला जिल्ला बाट हिमालय डेरी लगनखेल , दुग्ध विकास संस्थान (डीडीसी), नवप्रभात डेरी गोदावरी , नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, सुजल डेरी थानकोट, तुलसा डेरी प्रालि काठमाडौं, संयुक्त डेरी पाटन, कालिका डेरी भक्तपुर लगायतका दर्जन बाढी डेरीहरुले चितवन बाट दूध संकल गर्ने भएको भएपनि अहिले दुग्ध विकास संस्थान (डीडीसी) र तुलसा डेरी प्रालि काठमाडौंले मात्र दुग्ध चितवन बाट दुग्ध उठाउने गरेको छ । त्यो पनि निकै थोरै परिणाममा । त्यसले गर्दा चितवन मिल्क संचालनमा आए पनि किसानको दुग्ध ३० प्रतिशत पनि उठ्न नसकेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले बताउछन् ।

किसनलाई पशुलाई ख्वाउने चोकर छैन
बगाले अनुसार जिल्लामा अहिले चोकर अभाव भएको छ । हप्ता दिन देखि बजारमा पशुआरको रुपमा लिने गरीएको चोकर भेटिदैन भेटिए पनि मुल्य अत्यादिक बढी छ । गत वर्ष यही समयमा चोकरको मूल्य प्रतिबोरा प्रतिबोरा (४० किलो) एक हजार रूपैयाँसम्म थियो । तर अहिले चोकरको मुल्य २१ सय बढि छ । व्यपारीहरुले कोरनाको संगै अहिले मैदाको खपत कम भएकाले चोकर उत्पादन नभएको बताउछन् । दूधमा आत्मनिर्भर भए पनि चितवन चोकर उत्पादनमा भने परनिर्भर छ । चितवनमा वीरगन्ज, धनगढी र नवलपुर जिल्लाबाट चोकर आउने गर्दछ ।

यो पनि हेर्नुस्-

चितवनका ८० बढि किसानले लगाएको काक्रोले बजार नपाए पछि बारीमा ट्याक्टर लगाएर

सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना नदिदा सित्तैमा अन्डा र कुखुरा बाड्न बाध्य बन्दै किसान

१७ विघाको तरकारी बारिमानै नष्ट हुने अवस्थामा

चितवनमा पाक्यो केरा तर छैन बजार

Share.

Leave A Reply