play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

चितवनमा पाक्यो केरा तर छैन बजार

0

विवेक पोख्रेल,

चैत्र २७, भरतपुर ।

लकडाउनको असर चितवनको केरा खेतीमा पनि छ । यो समय केराको विक्री र उत्पादनको समय हो भने नयाँ खेती गर्ने हरुको लागि केरा लगाउन पनि यो समय उपयुक्त मानिन्छ । तर किसानको केरा विक्रि नहुदा किसानको बारीमै केरा पाक्न थालेको छ । चितवनमा कोरा जोन कार्यक्रम मार्फत किसानहरुलाई केरा खेती तर्फ आकर्षित गर्ने सरकारले प्रयास पनि गरेको छ । तर अहिले किसानहरु आफै पेशा देखि चिन्तीत छन् ।

चितवनका अधिकामस व्यवसायीक किसानले अरुको जग्गा भाडामा लिएर खेती गरीरहेका छन् । रत्ननगर नगरपालिका–१३ का किसान रामलाल श्रेष्ठले ३ बिघा आफ्नै र ९ बिघा लिजमा लिएर गरेको केराखेती पनि जोगाउन मुस्किल परेको जनाएका छन । भरतपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजार बन्द हँुदा उनको १ हजार घरी केरा त्यतिकै गोदाममा थन्किएर बसेको छ । श्रेष्ठ भन्छन, ‘साउन मसान्तसम्म यी केराको बोटबाट उत्पादन लिने समय हो । यही वेलामा काठमाडौंका व्यापारीले फोन पनि उठाउन छाडे, स्थानीय बजारमा पनि बन्द छ ।’ श्रेष्ठले १२ बिघामा केरा लगाउँदा झन्डै ३० लाख खर्च गरेको बताए । १८ वर्ष देखि केरा खेती गर्दै आएका उनले हरेक चैत्र महिनाको अन्तिमा जग्गाको भाडा जग्गा धनिलाई बुझाउदै आएका थिए । यसपटक उनीलाई जग्गा भाडा सैगै केरा लगाउदाको ऋणले पिरलन थालेको छ । श्रेष्ठ भन्छन् साउन मसान्त सम्म यी केराहरु बाट उत्पादन लिने समय हो । यहि बेलामा काठमाडौंका व्यापारीले फोन पनि उठाउन छाडे, स्थानीय बजारमा पनि बन्दछ । यस्तै अवस्था हो भने साईकलमानै राखेर भनेनी सडकमा बेच्ने सोच गरेको छु तर कति सम्भव हुन्छ हेरौं । एक विघाको ८० हजार सम्म उनले भाडा तिर्नुपर्छ ।

चितवन केरा उत्पादक संघका अनुसार जिल्लामा ३ तीन हजार बिघाभन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७ सय कृषक आबद्ध छन । गत वर्ष चितवनमा मात्रै डेढ अर्ब रुपैयाँको केरा बिक्री भएको थियो । उपभोक्ताको माग उच्च भए पनि थोक विक्रेताले केरा नलिँदा समस्या भएको संघ अध्यक्ष धननाथ महतोले बताए । उनी भन्छन् स्थानीय प्रशासनले पनि पास दिँदैन, केरा लामो समयसम्म भण्डारण गर्न सकिदैन हामी कसरी बजार पुग्ने ? ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्ने समेत थाहा पाउन किसानलाई ग्राहो भएको छ । केरा पाक्यो, व्यवस्थापन गरिदिनू भनेर दैनिक किसानको फोन आउने गरेको र आफुले पनि विक्रीका लागि स्थानीय तह, प्रशासनसँग समन्वय गरेको भए पनि किसानको केरा उपभोक्ता सम्म पुराउन नसकेको उनले बताए । उपभोक्ताले खान पाएका छैनन्न, व्यापरीले बजार सम्म नलैजदा किसानले बेच्न पाएका छैनन् ।यस्तो अवस्थामा सरकारले केही योजना चै बाउनु पर्ने हो तर देखिएन उनले भने । चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका ,खैरहनी नगरपालिका, कालिका नगरपालिका र रत्ननगर नगरपालिका मा व्यवसायीक रुपमा बढि मात्रामा केरा खेती हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन ईकाइ चितवनका बरिष्ट कृषि अधिकृत मेघनाथ तिमल्सेनाले ढुवानीमा कुनै समस्या नरहेको र भारत बाट केरा नआएको खण्डमा भने चितवनको केराले बजार पाउने बताए । चितवनको उत्पादनको ७० प्रतिशत केरा जिल्ला बाहिर जाने गरेको भए पनि अहिलेको अवस्थामा भारतको केरा नेपाली बजारमा रोक्न सकेमा मात्र पनि उत्पादन सहजै विक्रि वितरण हुने उनी बताउछन् । यद्धपी बजार बन्दा हुदा वितरणमा असहज हुने चै तिमल्सेना बताउछन् ।

 

यो पनि हेर्नुस्-

चितवनका ८० बढि किसानले लगाएको काक्रोले बजार नपाए पछि बारीमा ट्याक्टर लगाएर

चितवन सहित देशभर चल्ला र अन्डा नष्ट, कतिपय किसानले सित्तैमा बाँडे कुखुरा 

http://synergyfm.com.np/?p=64419

 

१७ विघाको तरकारी बारिमानै नष्ट हुने अवस्थामा

Share.

Leave A Reply