play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना नदिदा सित्तैमा अन्डा र कुखुरा बाड्न बाध्य बन्दै किसान

0

चितवन सहित देशभर चल्ला र अन्डा नष्ट, कतिपय किसानले सित्तैमा बाँडे कुखुरा ……………

 

दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले बेलानै नभएका कुखुरा खोरबाट हटाउदै

दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले बेलानै नभएका कुखुरा खोरबाट हटाउदै

 

विवेक पोख्रेल,

चैत्र २७, भरतपुर ।

चितवनरचल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला नष्ट गरिएको छ । नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २१ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पोखरेलले बताए । दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले सित्तैमा स्थानीयलाई वितरण गर्न थालेका छन् । अन्डा बेचेर नाफा लिने वेला दाना अभाव भएपछि कुखुरा मर्न दिनुभन्दा सित्तैमा वितरण गर्न उचित ठानेको स्थानीय कुखुरापालक लक्ष्मी अधिकारी, रामचन्द्र ओझा र केशव रानाभाटले बताए । ‘कुखुरा मर्न लाग्दासमेत दाना सप्लायर्स र उद्योगीहरूले दाना दिएनन् । त्यसपछि सित्तैमा वितरण गर्‍यौँ,’ ओझाले भने । त्यस क्षेत्रका ८ जना किसानहरूले करिब १० हजार कुखुरा त्यसरी नै खोरबाट हटाइसकेका छन् । लेयर्स कुखुराले ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म ती कुखुराहरूले अन्डा दिन्छन् । सप्लायर्सहरूले आफैंलाई अन्डा र कुखुरा बिक्री गनुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति पनि हुन्छन् । तर, लकडाउनको कारण देखाउँदै दाना सप्लायर्सहरूले नगद नदिएसम्म किसानलाई दाना नदिने भने बेइमानी गरेका छन् । १२ सय लेयर्स कुखुरा पालेकी किसान लक्ष्मी अधिकारी भन्छिन्, ‘कानको सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना ल्याएन । झन्डै ४ सय कुखुरा भोकले खुट्टा टेक्न नसक्ने भएपछि मरे । ५ लाखभन्दा बढी कुखुरापालन सुरु गर्दाको नै ऋण छ ।’ भरतपुर–१३ गंगानगरकै किसान चित्रबहादुर रानाभाटले ११ सय कुखुरालाई भकारीको धान पिनेर दानाका रूपमा खुवाइरहेका छन् । ६ वर्षदेखि कुखुरा पाल्दै आएका उनलाई यो संकट कसरी कटाउने भन्ने मात्र चिन्ता छ । गंगानगर क्षेत्रमा मात्र ३० भन्दा बढी कुखुरापालक किसान छन् । ५ सयदेखि ५ हजारसम्म उनीहरूका खोरमा कुखुरा छन् ।

 

लकडाउन केही समय अझै लम्बिए व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था रहेको अर्का किसान विष्णु लामिछाने बताउँछन् । उनका अनुसार त्यस क्षेत्रका ८ किसानका १० हजारभन्दा बढी कुखुरा नाफा लिने समयमा खोरबाट हटाइएको छ ।

 

 

हाम्रो पनि केही लाग्दैन – दाना उद्योग संघ
नेपाल दाना उद्योग ब्यवसायी संघ चितवनका अध्यक्ष बाल चन्द्र खनालले अहिलेको अवस्थामा  विश्वव्यापीक समस्या रहेको बताउदै यो अवस्थामा संघले केह गर्न नसक्ने बताउनु बताए । सप्लार्यस र किसान विच भद्र सहमति विगतमा भएका होलान तर अहिले अवस्था जटिल छ । सामान्य अवस्था र असामान्य अवस्था मा फरक हुने उनले बताए । उनले भने उद्योगहरु पनि चलेको छैन । त्यस कारणले व्यपारीले त्यसो भनेको हुन सक्छ । अहिले मकै पनि कम हुने समय हो । यसलाई सामान्य लिनु पर्ने उनी बताउछन् ।
देश भर ३ हजार देखि ३५ सय टन दाना प्रतिदिन आवश्यक पर्छ । चितवनको कुखुरालाई मात्रै अहिले दैनिक एक हजार टन दाना चाहिन्छ ।

कुखुराले बढायो चहलपहल

सरकाले लकडाउन भनेको भए पनि निशुल्क वा सस्तोमा कुखुरा पाउने भए पछि मानिहरु विभिन्न ठाउँ बाट यहाँ आउने गरेका छन् । जसले लकडाउनको पालना भएको छैन भने बाटोमा चलपल बढ्दा स्थानीय पनि त्रसित छन् ।

 

यो पनि हेर्नुस्-

चितवनका ८० बढि किसानले लगाएको काक्रोले बजार नपाए पछि बारीमा ट्याक्टर लगाएर

 

१७ विघाको तरकारी बारिमानै नष्ट हुने अवस्थामा

 

 

Share.

Leave A Reply