play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

१७ विघाको तरकारी बारिमानै नष्ट हुने अवस्थामा

0
भरतपुर महानगरपालिका वडा नम्बर ६, गीतानगरका दिवस लाल राउत र उनका भाईहरु तरकारी बारीमा

भरतपुर महानगरपालिका वडा नम्बर ६, गीतानगरका जिवस लाल राउत र उनका भाईहरु तरकारी बारीमा

विवेक पोख्रेल,

चैत्र २७, भरतपुर ।

सरकारले गरेको लकडाउनका कारण बारीमा परवल, बोडी, हरियो मार्चा, लौका, घिरौंला, भिन्डी, काँक्रो र काउली बेच्नका लागि तयार भए पनि बेच्न नपाउँदा किसानलाई समस्या भएको छ । लकडाउनका कारण ठूलो लगानी गरेर तरकारी खेती गनुभएका भरतपुर महानगरपालिका वडा नम्बर ६, गीतानगरका जिवस लाल राउत तरकारी सस्तोमा समेत बिक्री नभए पछि चिन्तामा हुनुहुन्छ । १७ विघामा लगाएको तरकारी भेडे खुर्शानी, बोडी, सिमी, भ्यान्टा, बन्दा, कांक्रो लगायतका कृषि उपज विक्रि नभए पछि उहाँलाई काम गर्ने जागरनै छैन । ४६ साल देखि अरुको जग्गा भाडामा लिएर उहाँले व्यवसायीक तरकारी खेती गर्दै आउनु भएको थियो । सबै गरेर बारीमानै अहिले ५ टन तरकारी नष्ट भैसकेको उहाँ बताउनु हुन्छ ।बारीको तरकारी गाउँलेलाई निशुल्क बाडेको छु तर बाढेर पनि सकिने अवस्था छैन ।राउत भन्नु हुन्छ ‘बारीमा भारी मात्रामा हरिया तरकारी लटरम्म फले पनि बजारसम्म पुर्‍याउन नसक्दा दुःख खेर गएको छ ।’ उहाँ जस्तै जिल्लाका सबै किसानहरुको समस्या अहिले एउटै छ । लाखौंको लगानी गरेर उत्पादन गरेको तरकारीले बजार नपाउदा पेशा बाटनै विस्तावित हुनुपर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।

 

 

 

 

 

 

यो पनि हेर्नुस्-

सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना नदिदा सित्तैमा अन्डा र कुखुरा बाड्न बाध्य बन्दै किसान

चितवनका ८० बढि किसानले लगाएको काक्रोले बजार नपाए पछि बारीमा ट्याक्टर लगाएर

 

Share.

Leave A Reply