विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु हुनेको संख्या ५३ हजार बढी

0

चैत २१ , चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो विवरणअनुसार १० लाख १५ हजार ८५० जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार २१६ पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो । दुई लाख १२ हजार ९९१ जना मानिस निको भएर घर फर्कंदा करिब ८० हजारमा नयाँ संक्रमण फेला परेको छ ।

अमेरिकामा सबैभन्दा बढी २ लाख ४४ हजारभन्दा बढीमा भाइरसको संक्रमण भएको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भएको छ । १८९ नयाँ मृत्यु थपिएको छ । इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ १३ हजार ९१५ को मृत्यु भएको छ । ७६० नयाँ मृतक थपिएका छन् । इटालीपछि सबैभन्दा बढी १० हजार३४८ जनाको ज्यान गएको छ । त्यहाँ ९६१ नयाँ मृतक थपिएका छन् ।

बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यहाँ नयाँ मृतक संख्या ५६९ थपिएको छ । संक्रमण हुनेको संख्या ३३ हजार ७१८ पुगेको छ । इरानमा मृत्यु हुनेको संख्या ३ हजार १६० पुगेको छ । नेदरल्याण्डमा १३३९, जर्मनीमा ११०७, बेल्जियममा १०११ जनाको मृत्यु भएको छ । एजेन्सिी

Share.

Leave A Reply