धादिङ र गोरखा जोड्ने पुलमा ताला

0

चैत्र २१
धादिङ — लकडाउन उल्लंघन भएको भन्दै धादिङ र गोरखा जोड्ने एक झोलुंगे पुलमा ताला लगाइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) रोकथामका लागि सरकारले गरेको लकडाउन उल्लंघन रोक्न धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको भीमसेन थापा गाउँपालिका–८ जोड्ने पुलमा ताला लगाइएको हो ।

देशभर जारी रहेको लकडाउन प्रभावकारी बनाउन भीमसेन थापा गाउँपालिका- ८ का वडाध्यक्ष बासु थापा, प्रहरी र स्थानियहरूले झोलुंगे पुलमा आवतजावत गर्न रोक लगाएका हुन्।

आफनो वडा भन्दा बाहिरको मानिस घुम्न, आवतजावत गर्न, ससुराली, आफन्त भेटघाट गर्न भन्दै गाउँमा आउने क्रम बढ्न थालेको भन्दै वडाध्यक्ष थापाले त्यसलाई नियन्त्रणको लागि पुलमा ताला लगाइएको बताए।

अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई प्रवेशमा रोक लगाएको भन्दै झोलुंगे पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको हो।

Share.

Leave A Reply