कोरोना संक्रमणको त्रास : प्रशासनद्वारा अन्तर जिल्ला प्रवेशमा रोक

0

तनहुँ , चैत्र २१ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ। बिरामी, कर्मचारी, खाद्यान्‍न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन्। जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्यांकअनुसार ६ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

Share.

Leave A Reply