play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

विपद्का बेला अत्यावश्यक ठानिएका औषधि पसल नै बन्द

0

चितवन , चैत  २१ । लकडाउनको प्रभाव चितवनका औषधि पसलहरूमा समेत देखिन थालेको छ । सरकारले औषधिजन्य तथा अन्य अति आवश्यक सामग्रीको बिक्री वितरण गर्ने पसलहरूलाई खुल्ला रहन भने पनि पसल सञ्चालकहरूले अटेर गरेका हुन् ।

भरतपुर महानगरपालिकामा रहेका ठूला अस्पतालको आसपास रहेका अधिकांश औषधि पसल यतिबेला बन्द छन् । भाइरसबाट जोगिन उपयुक्त उपाय अपनाउँदै सेवा प्रदान गर्नुपर्नेमा औषधि पसलका सञ्चालकहरूले नै पसल बन्द गर्न थालेका हुन् । चितवन मेडिकल कलेज, अस्पताल रोड, लगायतका क्षेत्रमा रहेका औषधि पसलहरूमध्ये यतिबेला थोरै मात्रै सञ्चालनमा छन् ।

यता, जुनसुकै रोगको पनि प्राकृतिक तरिकाले सफल उपचार गर्छौं भनेर प्रचार गर्ने अधिकांश आयुर्वेदिक औषधि पसलहरू विपद्का समयमा भने लुक्न थालेका छन् । हाल एलोपेथिक औषधालयको तुलनामा आयुर्वेदिक औषधालयहरू नगण्य मात्रामा मात्रै सञ्चालित छन् । ग्राहकको सेवामा हरदम खटिन्छौं भन्ने पसल आवश्यक पर्दा बन्द भएका छन् । जसकारण लकडाउन लम्बिए सर्वसाधारणलाई आफूहरूले नियमित सेवन गर्ने गरेको औषधिको अभाव पो हुने हो कि भन्ने डरले पिरोल्दै गएको छ ।

खुलेका औषधि पसलहरूले भने ग्राहकसँग दूरी कायम गरी सेवा प्रदान गर्दै आएका छन् । सीएमसी अस्पताल क्षेत्रमा रहेका औषधि पसल अगाडी डोरी टाँगिएको छ । ग्राहकहरूलाई डोरीदेखि बाहिरै राखेर औषधिको बिक्री वितरण गर्दै आइएको छ । भिन्तुना औषधि पसलका सञ्चालकले भाइरसको संक्रमणबाट बच्नका लागि ग्राहकहरूसँग दूरी कायम गरिएको बताए । औषधिको मौज्दात कस्तो छ भन्ने प्रश्नमा उनले अझैं केही महिनालाई पुग्ने औषधि बाँकी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिए ।

Share.

Leave A Reply