play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

वडा अध्यक्ष पोख्रेल अफैले सुरु गरे डिसइन्फेक्टेन्ट स्प्रे छर्किन, वडा मार्फत विपन्नलाई खाद्यान्न पनि

0

चैत्र १८, भरतपुर ।

भरतपुर महानगरपालिका वडा नम्बर १४, शिवनगरका जनताहरुले डिसइन्फेक्टेन्ट स्प्रे को बारेमा त सुनेका थिए । तर आफ्नो वडामा पनि डिसइन्फेक्टेन्ट स्प्रे छर्किएलान भन्ने सोचेका थिएनन् । मुखमा मास्क, हातमा पञ्जा लगाएर पानिको ट्याक्टर सहित वडा अध्यक्ष ओम् प्रसाद पोख्रेल स्वयम स्प्रेका लागि निस्किए पछि स्थानीय जनता छकै परे । कारण धेरैलाइ थाहानै थिएन कीटाणुनाशक औषधि छर्कने कार्यक्रमका बारेमा ।

स्प्रे छर्किएने निर्णय स्वयम् वडा अध्यक्षको पनि तत्कालको  थियो । सोमबार विहान स्थानीय व्यवसायीहरु र बुद्धिजिवीहरु संग सल्लाहा गरी उनिहरु कै आर्थिक र भौतिक सहयोगमा दिउँसो बाट स्प्रे छर्न सुरु भयो । जनचेतना पनि हुने र वडा सुरक्षित पनि हुने भए पछि तत्काल निर्णय गरेर काम शुरु गयौं – वडा अध्यक्ष पोख्रेलले भने । कसैले पानीको ट्याकर उपलब्ध गराउनु भयो , कसैले स्प्रे गन काम गर्न सजिलो भयो । उनले भने- ‘यसको बारेमा कहि कतै बाट बजेट आएको छैन, वडाको बजेट पनि सिमित हुन्छ, खर्च गरीहाल्न मिल्दैन । सबैको सहयोगमा पहिले वडा संक्रमण मुक्त बनाउन त्यस पछि अरु सोचौला भनेर काम सुरु गरियो ।’

वडा अध्यक्ष पोख्रेल स्वयम आफैं समेत खटेर घर, चौक, सटर र सम्भावित जोखिमका स्थानहरूमा स्प्रे छर्किएका थिए । उनले भने यहाँ वडाको ३३ प्रतिशत जनसंख्या सुकुमबासिको छ । सबैको आर्थिक अवस्था कमजोर नै छ । सुरक्षाको हिसाबले पनि जोखिम कम गनै पर्यो हामी पुरै वडामा डिसइन्फेक्टेन्ट छर्किने छौ– उनले बताए ।सबै मिलेर यसको सामना सम्भव रहेको बताउदै उनले वडा वासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गरे । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन वडा वासीसँग उनको आग्रह छ ।

 

 

 

 

 

 

 

 

विपन्नलाई खाद्यान्न
वडा अध्यक्ष पोख्रेलले दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्दै आएका विपन्न परिवारलाई खाद्यान्न र माक्स वितरण गर्ने बताएका छन् । अध्यक्षका अनुसार वडा क्षेत्र भित्रका विपन्न परिवारको लगत संकलन भइरहेको र पहिचान गरी घरमै खाद्यान्न र्पुयाउने व्यवस्था मिलाउन लागिएको छ। उनले वडामा विदेश बाट आएका व्यक्तिहरुको समेत पहिचान गरेर जिल्ला प्रशासन कार्यलयमा विवरण बुझाएको बताए । शिवनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बाट नियमित रुपमा आवश्यक सेवा प्रभाव गर्ने व्यवस्था मिलाएको उनले बताए । पोख्रेलले भने- कोरोनाको जाँच गर्न त हामी संग स्रोत साधन छैन तर नियमित रुपमा दिर्घरोगीले खाने औषधी अभाव हुन दिएको छैन ।

Share.

Leave A Reply