play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

औषधी प्रकरणलाई लिएर कोरानाविरुद्धको एकता नभाँड्न नेकपाको आग्रह: राज्य एकता कायम राख्न प्रतिपक्षको धारणा

0

चैत १७, सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम र घोषणा गरेका कार्यक्रम कार्यन्वयनमा लान चुनौती देखिएका बेला औषधी खरिद प्रकरण एकाएक सतहमा आएपछि सत्तारुढ नेकपा झस्किएको छ ।हिजोमात्रै चीनबाट आम्सिक रुपमा नेपाल आएको औषधी सरकारले विना टेण्डर महंगो मुल्यमा खरिद गरेको भन्दै विदेशी एजेन्सीहरुले समेत चासो देखाएपछि यो प्रकरणमा अनियमितता भएको आसंका गरिएको हो ।कोरोना संक्रमणको त्रासले मुलुक ठप्प र यसबिरुद्ध लड्न सवै एक भएर सरकारलाई साथ दिइरहेको बेला औषधी खरिदमा उठेका प्रश्नले परिस्थितिलाई प्रतिकुल पार्ने भन्दै अहिलेको संकटमा यस्ता विषय नचर्काउन सत्तारुढ नेकपाको आग्रह छ । पार्टीका सवै नेता होम ब्क्वारेन्टाइनमा भएकाले बैठक नबसे पनि नेकपाले नेताहरुमार्फत कोरोना विरुद्धको अभियानमा बनेको एकतालाई प्रभावित नबनाउन भनेको छ ।नेताहरुले कोरोना बिरुद्धको लडाइमा अग्रभागमा बसेर काम गरिरहेको मन्त्रालय र मन्त्रीमाथि प्रहार नगर्न आग्रह गर्दै उचित समयमा पार्टीले नै यसलाई छलफलमा ल्याउने बताएका छन् ।
कोरोनाका कारण अहिले विश्वमै औषधीको अभाव देखिएको र सामान्य औषधी समेत पाइन छाडेकाले अनुमान गरिएको मुल्य भन्दा २० प्रतिशत बढी मुल्य पर्न गएको मन्त्रालयको भनाई छ । अहिले नेपाल आएको औषधीको भुत्तानी भएको छैन भने अब आउने औषधी झन महंगा भएको बताइएको छ ।औषधी खरिदको जिम्मा पाएको स्वास्थ्य सेवा विभागले सुरुमा टेण्डर गरी विभिन्न पार्टीसंग छलफल गर्दा कसैले पनि औषधी दिन नसक्ने भनेपछि बाध्य भएर चीनबाट महंगो मुल्यमा औषधी ल्याउनु परेको दावी गरेको छ ।बढी मुल्य भन्दा कुनैपनि औषधीमा एक रुपैँया भ्रष्टाचार नभएको दावी गर्दै विभागले कोरोना त्रासले चिकित्सकहरु उपचारमा नजाने अवास्थाले अस्पतालै बन्द गर्नुपर्ने स्थिति आएकाले औषधी र सामाग्री ल्याउनु परेको बताएको छ ।


कोरोना विरुद्धको लडाई जित्न एकताको आवश्यकता पर्ने तर, त्यसलाई यो प्रकरणले भाड्न सक्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि प्रमाण भए प्रक्रिया अनुसार कारवाही हुने भएकाले अहिले विवादमा जाने समय नभएको बताएको छ । देश संकटको घडीमा रहेका बेला सरकार सञ्चालनको तहमा रहेका अधिकारीहरुबाट यस्तो कार्य हुनु दुर्भाग्य भएपनि कोराना पराजित गर्न राज्य एकता नै बलियो आधार हुने कांग्रेसको ठहर छ ।
कोरोना विरुद्धको अभियानमा सरकारका कतिपय निर्णय र सरकार माथि उठिरहेका प्रश्नहरुका विषयमा पार्टी र सरकारका बीचमा पनि तालमेल नभएको देखिएको छ । अहिले बजारमा सरकारमाथि उठिरहेका प्रश्नहरु र त्यसको समाधानका लागि नेकपाभित्रै गहन छलफल पनि हुन सकिरहेका छैनन् ।प्रधानमन्त्री आफै अस्वस्थ्य रहनु र अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा नजुटेपछि औषधी प्रकणको वतावरणलाई धुमिल हुन नदिन अन्य नेताहरु बाहिर आएका हुन । पछिल्लो समयमा सरकारले पार्टी र पार्टीले सरकार के गर्दैछ भन्ने सूचना नभएको संकेत नेताहरुको भनाईले देखाएको छ ।
डरलाग्दो भाइरसको सन्त्रासले देश र जनता नै संकटमा परेका बेला अत्यावस्यक सामाग्री खरिदमा तालुकदार मन्त्री र मन्त्रालयमाथि प्रश्न उठ्नु राम्रो होइन । संकटको सामना मिलेर मात्रै सम्भव छ । यसलाई ध्यानमा राखेर सरकार चलाउने सत्तारुढ पार्टीले पनि सरकार के गर्दैछ र जनता के भन्दैछन भन्ने कुराको धेय राख्नु आवस्यक छ ।

Share.

Leave A Reply