माडीमा किन बढ्दै छ आगलागीका घटना ?

0

जिबन रानाभाट
चैत १७, चितवनको माडी नगरपालिकामा आगलागीका घटना बढ्दै गएको छ। गत आइतबार(हिजो) दिउसो माडी नगरपालिका ७ देबेन्द्रपुरमा रहेको परुई खोला किनारमा अस्थाई रुपमा बस्दै आइरहेका राम कुमार चेपाङको घरमा आगलागी हुदा ९ बर्षकी बालिका रोजिना चेपाङको ज्यान गयो ।त्यसको ठिक एक दिन पछि अर्थात आज फेरी माडीको पाण्डवनगर गाउँमा रहेको एक घरमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं। १, पाण्डवनगर निवासी रतिया बोटको घरमा आगलागी भएको हो ।

आगलागीबाट बोटको घरमा रहेका अन्न, लत्ताकपडा, कागजपत्र लगायत सबै चिजबिज जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।खरको छानो भएको सो काठेघरभित्र चुल्होको आगो केटीकेटीहरुले खेलाउँदा आगलागी सुरु भएको जनाइएको छ । आगलागी अरु घरमा फैलन नपाउँदै स्थानीयहरुको सामुहिक प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।पछिल्लो समय माडीमा आगलागीका घटना बढे संगै माडी नगरपालिका ले स्थानियहरुलाई सचेत रहन आग्रह गरेको छ।माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले आगलागीका घटना प्राय साना नानी बाबुबाट हुने गरेको बताउदै उनीहरुलाई आगो जन्य कुराहरु नदिन आनुरोध गर्नुभयो।साथै आगलागी भैहाले माडी नगरपालिकालाई खबर गर्न समेत उहाले सबैलाइ आग्रह गर्नुभयो।

Share.

Leave A Reply